'सल्लीपीर'

लेखक नयनराज पाण्डेको नयाँ उपन्यास सल्लीपिर यही शनिबार वैशाख १८ गते सार्वजनिक हुँदैछ । नांगो मान्छेको डायरी, विक्रमादित्य एउटा कथा सुन, अतिरिक्त, उलार, लू, घामकिरी (उपन्यास) । खोरभित्र जोकर, निदाएँ जगदम्बा, चकलेट(कथासंग्रह) का लेखक नयनराज पाण्डेको प्रकाशोन्मूख उपन्यास 'सल्लीपिर' !
पुस्तकको विमोचन काठमाडौंमा १८ गते शनिबार, नेपाल टुरिजम बोर्ड, भृकुटीमण्डपमा बिहान ८.३० बजे । १९ गते आइतबार चितवन होटल ग्लोबल, भरतपुरमा बिहान ८ बजे । र सोही दिन पोखरामा नेपाल टुरिज्म बोर्ड,पार्दीमा दिउँसो ४ बजेगरी तीन ठाउँमा गरिनेछ ।