Contact Event Organizer
PHOTO EXHIBITION: BARPAK
Saturday August 29, 2015 to Tuesday December 15, 2015
Himanchal Cabin, H02, Birgunj, Central Region, Nepal
PHOTO EXHIBITION: BARPAK
विकास रौनियारको फोटो प्रदर्शनी
बारपाक
१२ भाद्र - २९ मंसिर
हिमाञ्चल केबिन
बैशाख १२ गतेको महाभूकम्पले बारपाक, गोरखालाई केन्द्र बिन्दु बनाएर प्रहार गरेपछि मैले मन थाम्न सकिन । मैले बारपाकका एकजना घले दाईलाई चिन्दथ्ये । म उहाँसँग भेट्न पुग्दा थुप्रै आफन्तजनहरु भूकम्पमा घाइते भएको खबरले उनी अस्पतालमा भेट्न पोखरा जाने हतारोमा थिए । जब उहाँ फर्किनु भयो हामीसँगै गएर बिस्तारमा बारपाकबारे जानकारी लिने योजना बनायौं । संकटको यो अवस्थामा रित्तो हात जानुभन्दा केही राहत सामाग्री बोक्नु उचित ठान्यौं र लम्कियौं बारपाक यात्रामा । त्यहाँ स्थानीयबासिन्दाहरुको सहनशीलता र अद्भूत साहस देखेर हामी छक्क प¥यौंं । हामी पुग्नु अगावै उनीहरु आफ्नै जमर्कोमा जनजीवन सामान्य बनाउन लागी परेका थिए । सामूहिक श्रमदानले उनीहरुले विद्यालय, स्वास्थ्य केन्द्र निर्माणको निर्णय गरिएको थियो । यत्रो विनाशका बावजुद आँटेर सामान्य जीवनतर्फ फर्किने उनीहरुको कदम देख्दा निक्कै नै खुशी लाग्यो ।
फोटोग्राफर बारे :
वहुआयामिक व्यक्ति विकास रौनियार(जन्म १९६८,नेपाल) एक स्वतन्त्र फोटोग्राफर, उद्यमी, अभिनेता र निर्माता हुन् । रौनियारले आउटलुक, इंडिया टुडे,साँग्रिला, पिपल एण्ड प्लानेट, द वीक, न्यूयोर्क टाइम्स, एलए टाइम्स र अन्य थुप्रै प्रतिष्ठित् अन्तर्राष्ट्रिय समाचार एजेन्सीमा योगदान दिएका छन् । उनले एक दशक भन्दा बढी समय कान्तिपुर प्रकाशनमा फोटो सम्पादकका रुपमा काम गरिसकेका छन् । किशोरा अवस्थादेखि नै फोटोग्राफीमा रुची राख्ने उनी राजधानीको सेन्ट जेभियर्स स्कलमा अध्ययनका बेला नै फोटोग्राफी क्लब सञ्चालनमा ल्याएका थिए । जब नेपालले चीनसँग खरिद गर्ने विमान र बन्दुकको तस्वीर लिने मौका पाएपछि ती तस्वीरहरु धेरै समाचारपत्रमा छापिए र एशोसिएटेड प्रेसले पनि किन्यो । त्यसपछि उनले फोटोपत्रकारितालाई गम्भीरतापूर्वक अंगाले । हिमाल खबर पत्रिकाका लागी औपचारिकरुपमा फोटोपत्रकारका रुपमा काम थालेका उनलाई सन १९९१ मा इ इण्डिपेन्डेण्ट समाचार पत्रका लागी पनि स्वतन्त्र फोटोपत्रकारका रुपमा काम थाले ।
सन् १९९२ मा जब कान्तिपुर प्रकाशनले उनलाई फोटो पत्रकाररुपमा नियुक्त गरेपछि उनले यसलाई पेशाकै रुपमा अंगाले । कोट कचहरीमा वकालत गर्नुभन्दा फोटोग्राफीमै बढी रस देखेपछि उनले आफ्नो वकालत पेशा छोडे । रौनियार नेपालकै एक अनुभवी फोटो पत्रकारकारुपमा परिचित छन् । दुई बेग्ला बेग्लै विषय वस्तुलाई एउटै तस्वीरमा कैद गरेर अन्तरसम्बन्धमार्फत् तस्वीरलाई मूल्यवान् बनाउने उनको कला नेपाली फोटो पत्रकारितामा अविस्मरणीय रहँदै आएको छ ।
For more info: https://www.facebook.com/events/1593602670903573/
Himanchal Cabin, H02, Birgunj, Central Region, Nepal DD/MM/YYYY
end date: Tue Dec 15, 2015
Himanchal Cabin, H02, Birgunj, Central Region, Nepal
Related Events
-
Biska: Jatra Photo Competition VWed, 8 May, 2019 -
Photo Exhibition - Changes in PanautiFri, 19 April, 2019 -
PhotoWalk 2019 to explore Madhyapur Thimi & Biskaa JatraSat, 6 April, 2019 -
Bisket Jatra Photo ExhibitionSat, 6 April, 2019 -
Wildlife Photographs by Sagar GiriFri, 5 April, 2019 -
Photokipa2019Sat, 16 March, 2019
Upcoming Events
-
SAMSUNG DIGITAL PLAZA - DURBARMARG
Wed, 24 August, 2022 -
Birds of Kathmandu: A webinar with Bird Conservation NepalSun, 5 July, 2020 -
Free creative story writing workshopSun, 7 June, 2020 -
Kusma Bungee JumpKusma
Sun, 12 April, 2020 -
Yoga teacher training in IndiaKranti Yoga Village Beach Resort, H. No. 135, Patnem Beach, Canacona Goa, India 403702.
Wed, 30 September, 2020 -
MahashivratriNightChapakot ,Pokhara Nepal, Unity Eco Village Chapakot Pokhara
Fri, 21 February, 2020